हरेक वर्ष सरकारी सेवामा कार्यरत कर्मचारीको तलबको लागि गरिने खर्च बढ्दै गएको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा भने यस्तो खर्च घटेको छ।
गत वर्ष संघीय सरकार मातहत रहेका कर्मचारीको (निजामती सेवा, सेना, प्रहरी तथा सशस्त्र लगायतका) तलब भुक्तानी गर्न एक खर्ब २० अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ। यो त्यसअघिको वर्ष (आर्थिक वर्ष २०७९/८०) को तुलनामा करिब दुई अर्ब (एक अर्ब ९६ करोड) रूपैयाँ खर्च घटेको हो।
आर्थिक वर्ष २०७९/८० मा एक खर्ब २२ अर्ब ७४ करोड रूपैयाँको यस्तो खर्च भएको थियो।



