शेयर बजार र घर जग्गामा बैंकको कर्जा तीब्र गतिले बढ्दै, मौद्रिक नीतिको लचकताले झनै बढाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर बजार र घर जग्गामा बैंकको कर्जा तीब्र गतिले बढ्दै, मौद्रिक नीतिको लचकताले झनै बढाउने

शेयरबजार र घरजग्गामा बैंकहरुको कर्जा लगानी तीब्र गतिमा बढ्न थालेको देखिएको छ। राष्ट्र बैंकको कडाइले गर्दा केही घटेको कर्जा लगानी पछिल्लो केही महिना यता पुनः बढ्न थालेको हो।

राष्ट्र बैंकको तथ्याँक अनुसार गत ११ महिनामा रियल स्टेट क्षेत्रको कर्जा ४.५० प्रतिशतले बढेको छ त्यसमा पनि जग्गा खरिद र प्लटिङको लागि दिइने कर्जा १०.४ प्रतिशतले बढेको छ। यता शेयर बजारको कर्जा समेत १४.२ प्रतिशतले बढेको छ। शेयर बजारमा जाने कर्जामा १ करोडमाथिको कर्जा सबैभन्दा धेरै २०.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा बैंकको कुल कर्जा भने ५.२ प्रतिशतले बढेको छ। बैंकको कुल कर्जामा जग्गा खरिद र शेयर खरिदको लागि जाने कर्जा सबैभन्दा धेरै रहेको देखिन्छ।

Read More