तीव्र उतारचढावबीच १.३३ प्रतिशत बढ्यो नेप्से, ४ करोड कित्ताभन्दा बढी शेयर कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तीव्र उतारचढावबीच १.३३ प्रतिशत बढ्यो नेप्से, ४ करोड कित्ताभन्दा बढी शेयर कारोबार

काठमाडौं । एक दिनको करेक्सनपछि मंगलवार (आज) नेप्से परिसूचक ३५ दशमलव ५५ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको हो । तीव्र उतारचढाव देखिएको बजारमा अन्त्यमा खरीदकर्ता आकर्षित भएपछि नेप्से बढेको हो । आज नेप्से न्यून हुँदा २ हजार ६०९ विन्दुसम्म झरेको थियो । 

पछिल्लो समय शेयर बजारप्रति लगानीकर्ता सकारात्मक हुन थालेका छन् । भएको शेयर जोगाउने र सकेसम्म नयाँ थप्नैतिर अधिकांश लगानीकर्ता लागेपछि बजारमा माग पक्ष बलियो भएको छ । आपूर्तिभन्दा माग बढी भएपछि नेप्से बढेको हो ।   

नेप्से पछिल्लो २० कारोबार दिनमा चार दिन मात्रै घटेको छ भने बाँकी सबै दिन बढेको छ । नेप्से इन्ट्राडेको करेक्सन र केही दिनको सामान्य करेक्सनसँगै बढेको छ । 

Read More