काठमाडौं : भारतीय सेयर बजार नियामक सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले 'एआई च्याटबट' सञ्चालनमा ल्याएको छ । सेबीले लगानीकर्ताका लागि सेयर बजारसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने 'सेबी भचुर्अल एसिस्टेन्ट (सेबा)' नामक एआई च्याटबट सार्वजनिक गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
च्याटबोटको बिटा संस्करणमा स्रोत खुलाएर उत्तर दिने, लिखित शब्दलाई अडियोमा र अडियोलाई लिखित शब्दमा परिणत गर्ने र फलो-अप प्रश्नको पनि उत्तर दिने फिचरहरु रहेका छन् । च्याटबट हाल धितोपत्र बजार, सेबीका सर्कुलर र गुनासो निवारण प्रक्रिया सम्बन्धी प्रश्नहरुको जवाफ दिन सक्षम रहेको जनाइएको छ ।





