सहकारीको आयकर पुरानै कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
सहकारीको आयकर पुरानै कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकर दर पुरानै कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । 

पछिल्लो पटक सहकारीमा शतप्रतिशत आयकर वृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत पुर्‍याइएको छ । 

सहकारी महसंघले आर्थिक अध्यादेश पिच्छे सहकारीमा लाग्ने कर फरक फरक आउने गरेकोले सहकारी ऐन, २०७४ मा भएका करका व्यवस्था बमोजिम आर्थिक ऐनमा समेत स्पष्ट व्यवस्था हुनुपर्ने र कर अनुपालना वृद्धि गर्न कर सचेतना, कर तालीम कार्यक्रमहरू महासंघ मार्फत गर्न बजेटको प्रबन्ध मिलाउन माग गरेको छ ।

Read More