१५ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।
हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै (३ वर्ष) हुँदा प्रभावित स्थानीय मर्कामा पर्ने गरेका छन् ।‘सूचीकृत संगठित संस्थाको संस्थापक सेयरमा हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।





