उद्योगमन्त्री-अमेरिकी राजदूत बीच भेट,व्यापार प्राथमिकतालाई निरन्तरता दिन आग्रह


  • Himalayan Bank Limited (HBL)
उद्योगमन्त्री-अमेरिकी राजदूत बीच भेट,व्यापार प्राथमिकतालाई निरन्तरता दिन आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए।

उनले भने, “नेपालको आर्थिक,सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्‍याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”

Read More