दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिनमुनि कडा चट्टान भेटिएपछि ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरू भाँचिन थालेकाले ड्रिलिङ कार्यमा कठिनाइ भएको हो ।
खानी तथा भू–गर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजन जिओलोजिस्ट सुरेश श्रेष्ठका अनुसार ड्रिलिङ गर्ने मेसिनका बिट कडा चट्टानका कारण भाँचिन थालेपछि ड्रिलिङको काममा कठिनाइ भएको छ । गत शनिबारसम्म १ हजार १ सय ४७ मिटर गहिरो ड्रिलिङ भइसकेको छ । ‘जति गहिरो ड्रिलिङ गरिन्छ, त्यति कडा चट्टान भेटिएका कारण ड्रिलिङका बिटहरू भाँचिने समस्याले ड्रिलिङ कार्यमा कठिनाइ भएको छ,’ जिओलोजिस्ट श्रेष्ठले भने ।



