१५ साउन, काठमाडौं । ठीक ३ वर्षअघि केही बैंकको सेयर खरिद गरेर दोस्रो बजार प्रवेश गरेका साना लगानीकर्ता पुष्कर थपलियाको पोर्टफोलियो अझै घाटामै छ ।
लामो समयसम्म सेयर होल्ड गरेर दिक्क मानेका उनले पाँच दिन दिनअघि मात्रै एउटा बैंकको सेयर घाटामै बेचे । प्रतिकित्ता ४७५ रुपैयाँमा सेयर किनेका उनले ३२५ रुपैयाँमै बेचे । ‘घटेका बेला २५० रुपैयाँमा झरेको थियो, फेरि घट्ला र किनौंला भनेर बेचिहालेँ, अहिले साढे ३ सय नाघ्यो’ उनले भने ।





