राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निकाल्न थालेको १२ वर्षमा जम्मा ४.९ प्रतिशत रकमको मात्रै यस्तो बचतपत्र बिक्री भएको छ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो।
राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष २०६६/६७ देखि बचतपत्र बिक्री सुरू गरेको हो।
आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा २५ पटकमा १५ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीको लागि निष्कासन गरिएको थियो। तर, यसमा जम्मा ७६ करोड २३ लाख रूपैयाँ (४.९ प्रतिशत) मात्र बिक्री भएको छ।



