१४ साउन, काठमाडौं । राष्ट्रिय सहकारी बैंक अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन समेतका आधारमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले उप्रेती सहित नौ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दायर गरेको थियो ।



