पेट्रोलियम पदार्थको खपत घट्यो, यस्ता छन् मुख्य कारण


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम पदार्थको खपत घट्यो, यस्ता छन् मुख्य कारण

मूल्यको आधारमा नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित उत्पादन हो पेट्रोलियम पदार्थ।

गत आर्थिक वर्षमा नेपालको कुल आयात १५ खर्ब ९२ अर्ब रूपैयाँको भएको छ। यसमध्ये डिजेल, पेट्रोल र ग्यासको मात्रै आयात दुई खर्ब ७७ अर्ब रूपैयाँको छ। अर्थात् हाम्रो जम्मा आयातमा यी तीन वस्तुको मात्रै करिब १८ प्रतिशत योगदान छ।

यी तीन वस्तुलाई मुख्यतः औद्योगिक कच्चा पदार्थको रूपमा गणना हुन्छ। भन्सार ढुवानीदेखि उद्योगहरूमा बढी प्रयोग गरिन्छ। विगत १० वर्षसँग गणना गर्ने हो भने यी वस्तुको आयात औसत रूपमा १५ प्रतिशतले बढेको छ। तर, पछिल्लो दुई आर्थिक वर्षमा लगातार यस्तो इन्धनको खपत घटेको छ।

Read More