नेप्सेमा करेक्सन, कारोबार रकम भने १९ अर्ब नाघ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा करेक्सन, कारोबार रकम भने १९ अर्ब नाघ्यो

काठमाडौं : अघिल्लो कारोबार दिन ११३ अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्सेमा करेक्सन आएपनि कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३२५ स्क्रिप्सको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँमा खरिदबिक्री भए। आइतबार १५ अर्ब ८१ करोडको सेयर कारोबार भएको थियो। 

दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढ्यो। मन्दाकिनी हाइड्रोपावरको ८.५८,बराही हाइड्रोपावर पब्लिकको ८.१६,जानकाी फाइनान्सको ६.८० र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ६.५६ प्रतिशतले बढ्यो।

Read More