गत असार १७ गते वाणिज्य बैंकहरूको सूचक १०८८ विन्दुमा थियो।
एक महिना नपुग्दै साउन १३ गते यो समूहगत सूचक १५७४ विन्दुमा पुग्यो। यो बीचमा मात्रै यो सूचक करिब पाँच सय अंकले बढ्यो।
यो समूहमा मात्रै दैनिक २२ करोडको कारोबार भइरहेकोमा अहिले बढेर तीन अर्ब ९६ करोड पुग्न थालेको छ।
लामो समय बढ्न नसकेको बैंकिङ समूहले नै नेप्सेको वृद्धिलाई सबैभन्दा धेरै टेवा दिन्छ। किनभने यो समूह एक्लैको सेयर बजारमा हिस्सा करिब २७ प्रतिशत छ।
बजारमा अहिले पनि वाणिज्य बैंकहरूको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँभन्दा कम नै छ। बजारमा सूचीकृत १९ मध्ये ११ वटा बैंकको मूल्य तीन सय मूल्यभन्दा कम छ। पाँच सय रूपैयाँभन्दा मूल्य माथि हुने वाणिज्य बैंक मात्रै तीन छन्।



