काठमाडौँ — आर्थिक वर्ष ०८०/८१ मा स्वदेशी तथा विदेशी गरी ४३४ वटा उद्योग दर्ता भएको छ । उद्योग विभागका अनुसार ४९ ठूला, ५२ वटा मझौता र ३३३ वटा साना उद्योग दर्ता भएको हो ।
विभागका अनुसार ४३४ वटा उद्योगमा २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ती उद्योगहरुमा २५ हजार ५५१ जनालाई रोजगारी दिने प्रस्तावित गरिएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा ४ सय २ वटा परियोजनामा प्रत्यक्ष विदेशी लगानी स्वीकृत भएको छ । ती उद्योगमा ६१ अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको विभागको तथ्यांक छ ।


