विश्व बजारमा युआनको प्रयोग बढ्यो, पाउन्ड र येन धकेलिए पछाडि


  • Himalayan Bank Limited (HBL)
विश्व बजारमा युआनको प्रयोग बढ्यो, पाउन्ड र येन धकेलिए पछाडि

चिनियाँ मुद्रा युआनको विश्वव्यापी प्रयोग तीव्र रुपमा वृद्धि भइरहेको छ ।

तर अमेरिकी डलर विश्वको शीर्ष मुद्रा कायम छ। त्यसपछि यूरो छ।यतिहुँदा पनि युआन तीव्र गतिमा विश्वको प्रमुख मुद्रा बन्ने बाटोमा रहेको एक अध्ययनले पुष्टि गरेको छ । विश्वको आपूर्ति शृङ्खलामा चीनको मूख्य भूमिका रहेका कारण विश्व बजारमा पनि युआन मुद्राको प्रयोग बढ्दो छ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले चिनियाँ मुद्रा युआनलाई प्राथमिकता दिन थालेको छ र यो वर्ष रुसले डलरको तुलनामा युआनबाट धेरै कारोबार गरेको छ । पश्चिमी देशहरुद्वारा रुसमाथि लगाइएको आर्थिक प्रतिबन्धका कारण पनि ठूला रुसी कम्पनीहरुले वैदेशिक व्यापारका लागि डलर बाहेकका अन्य मुद्राहरुमाथिको निर्भरता बढाएका छन् । त्यस क्रममा युआनले बाजी मारेको छ ।

Read More