सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न १८ जना फरार, सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन


  • Himalayan Bank Limited (HBL)
सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न १८ जना फरार, सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 

समितिको सोमवार (आज) बसेको बैठकले उक्त निर्णय गरेको नेकपा (एमाले)का सांसद सूर्य थापाले आफ्नो फेसबुक पोष्टमार्फत जानकारी दिएका छन् । 

‘बैठकमा सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचीका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन मा. गृहमन्त्री र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरिएको छ,’ निर्णयलाई उध्दृत गर्दै थापाले फेसबुकमा लेखेका छन् । 

Read More