सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँ डिभिजन चरिकोटले समयमै निर्माण सम्पन्न नगर्ने ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ निर्माण व्यवसायीको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जनाएको हो।
समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै कार्यालयले स्पष्टीकरण समेत मागेको छ।


