काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब २० करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताले सो मूल्य बराबरको विदेशी लगानी प्रतिबद्धता गरेका हुन् ।
५४६ वटा लगानीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा स्वचालित प्रणाली र परम्परागत प्रणालीबाट गरी सो रकम बराबरको लगानीको प्रतिबद्धता आएको छ ।



