लघुवित्तले नाफाबाट ग्राहक संरक्षण कोषमा राख्ने रकम बढाइयो


  • Himalayan Bank Limited (HBL)
लघुवित्तले नाफाबाट ग्राहक संरक्षण कोषमा राख्ने रकम बढाइयो

लघुवित्त कम्पनीले अब नाफाबाट ग्राहक संरक्षण कोषमा राख्ने रकममा वृद्धि गरिएको छ।

राष्ट्र बैंकले आइतबार जारी गरेको परिपत्रमा यस्तो व्यवस्था गरेको हो।

लघुवित्त कम्पनीहरूले अहिले नाफाको एक प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नु पर्छ। चालु आर्थिक वर्षको नाफापछि भने यसमा क्रमिक रूपले वृद्धि गरिएको छ।

अब लघुवित्त कम्पनीहरूले २०८२ असारमा ग्राहक संरक्षण कोषमा  नाफाको १.५ प्रतिशत, २०८३ असार हुने नाफापछि २ प्रतिशत र २०८४ मा नाफाको ३ प्रतिशत रकम राख्नु पर्नेछ।

वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम यस्तो कोषमा राख्नुपर्ने हालको व्यवस्था कायमै छ।

Read More