एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात


  • Himalayan Bank Limited (HBL)
एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरकाे विद्युत् भारत निर्यात गरेको छ । गत आर्थिक वर्षकाे साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ कमाएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई बिक्री गरिरहेको छ ।

Read More