अब बैंकहरूले विदेशी मुद्राको जोखिम राष्ट्र बैंकमा सार्न सक्ने


  • Himalayan Bank Limited (HBL)
अब बैंकहरूले विदेशी मुद्राको जोखिम राष्ट्र बैंकमा सार्न सक्ने

अब विदेशबाट ऋण ल्याउने बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रामा हुन सक्ने जोखिम राष्ट्र बैंकमा सार्न सक्ने भएका छन्।

राष्ट्र बैंकले आइतबार जारी गरेको नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ ले यस्तो व्यवस्था गरेको हो।

'स्वाप कारोबार' भन्नाले बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्रा (भारतीय रूपैयाँ बाहेक)मा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार सम्झनु पर्छ।

यस्तो कारोबार दुई चरणमा हुन्छ। पहिलो चरणमा राष्ट्र बैंकले दैनिक कारोबारको लागि हाल तोक्दै आएको दरमै (स्पट दर) बैंकहरूको यस्तो विदेशी मुद्रा किन्नेछ।

दोस्रो चरणमा भने निश्चित समयपछि राष्ट्र बैंकले यसअघि बैंकहरूबाट लिएको विदेशी मुद्रा सोही बैंकहरूलाई भुक्तानी गर्नेछ।

Read More