लचक मौद्रिक नीतिको प्रभाव : सँधै घट्ने १० वाणिज्य बैंकको शेयरमा १०% ले सर्किट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लचक मौद्रिक नीतिको प्रभाव : सँधै घट्ने १० वाणिज्य बैंकको शेयरमा १०% ले सर्किट

साताका पहिलो कारोबार दिन आइतबार नेप्से सूचक कारोबार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भयो ।

दोस्रोपटक पनि ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेका लागि बजार बन्द भएको थियो ।

 तर यसपछि भने लगानीकर्ताहरु यतिबेला सम्हालिएर कारोबार गरिरहेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि लगानीकर्ताहरुको मनोबल उच्च भएको छ । तीन वर्षदेखिको शेयर धितो कर्जा सिमा संस्थागत लगानीकर्ताहरुलाई हटेको छ ।

बैंक तथा वित्तीय संस्थालाई साउन महिनाको नाफा पनि अघिल्लै आर्थिक वर्षमा राख्न पाउने नीतिगत निर्णयपछि बैंको नाफा बढ्ने नै छ । यसले गर्दा पनि बैंकको शेयरमा लगानीकर्ताहरु उत्साहित बनेर लागेका छन् । अन्य कम्पनीको शेयरमूल्य बढ्दा  सँधै घट्ने गरेको वाणिज्य बैंकहरुको शेयरमूल्य यो समाचार तयार पार्दाको समय १: ०५ बजेसम्ममा बढेको छ ।

Read More