काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढेको छ । यससँगै सूचक २६०६.४१ अंकमा आएको छ । ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ ।
कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।





