आइएमई लिमिटेडले जीएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ। उक्त कम्पनीलाई प्राप्ती गरे पश्चात आइएमई लिमिटेडले आगामी साउन ३० गतेबाट एकीकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।
आइएमई लिमिटेडको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाबाट जीएमई रेमिट प्रालिलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित भएकोे थियो भने जीएमई रेमिट प्रालिलको जेठ ९ गते सम्पन्न विशेष साधारण सभाले आइएमई लिमिटेडमा गाभिने विशेष प्रस्ताव पारित भएको थियो।
यसका साथै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि साउन ४ गते आइएमई लिमिटेडमा जीएमई रेमिट प्रालि गाभ्नेरगाभिने तथा प्राप्ती (एक्विजिसन) गर्ने अन्तिम स्वीकृति दिएको थियो ।




