काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण ४१ खर्ब रुपैयाँ नजिक पुगेको छ । पछिल्लो कारोबार दिन बजार बन्द हुँदा कुल बजार पूँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ कायम भएको हो । धितोपत्र दोस्रो बजारको इतिहासमा कुल बजार पूँजीकरण ४४ अर्ब रुपैयाँभन्दा बढी रहेको तथ्याङ्क छ । २०७८ सालमा बजारले ३ हजार २०० विन्दुको उचाइ कायम गरेको समयमा धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण ४४ खर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।



