निर्माण व्यवसायलाई चेक बाउन्स भएकै आधारमा कालो सूचीमा नराखिने


  • Himalayan Bank Limited (HBL)
निर्माण व्यवसायलाई चेक बाउन्स भएकै आधारमा कालो सूचीमा नराखिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायलाई चेक अनादर (बाउन्स) भएको आधारमा मात्र कालो सूचीमा समावेश नगर्ने भएको छ । राष्ट्र बैंकले निर्माण व्यवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि उक्त व्यवस्था गरेको हो । यद्दपि, चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालोसूची सम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

Read More