काठमाडौँ, साउन ११ गते । व्यवसायका लागि उपयुक्त वातावरण नभएको कारण देखाउँदै करिब दुई तिहाइ उद्योगीले नयाँ लगानीको योजना नै नबनाएको एक अध्ययनले देखाएको छ ।
नेपाल उद्योग परिसङ्घले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास (माघ–चैत) को औद्योगिक स्थिति अध्ययन प्रतिवेदनले धेरै उद्योगीसँग लगानी योजना नरहेको देखाएको हो ।
प्रतिवेदन अनुसार अध्ययनमा सहभागी कुल उद्योगीमध्ये ६५.५७ प्रतिशतले त्यसपछिको त्रैमासका लागि लगानी योजना नरहेको प्रतिव्रिmया दिएका हुन् । अध्ययनमा सहभागी उत्पादनमूलक उद्योगसँग सम्बन्धित ७३.५३ प्रतिशत र सेवा क्षेत्रका ५५.५६ प्रतिशतले नयाँ लगानीको योजना नरहेको उल्लेख गरेका हुन् । केवल ३४.४३ प्रतिशतले मात्र आगामी त्रैमासमा लगानीको योजना रहेको प्रतिव्रिmया दिएको प्रतिवेदनमा उल्लेख छ ।



