काठमाडौं : आरती पावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३२ गते साधारण सभा बोलाएको छ । सभा टोखा न.पा, पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।





