अमेरिकापछि एसिया र युरोपका प्रविधि कम्पनीहरुको सेयरमा पनि भारी गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकापछि एसिया र युरोपका प्रविधि कम्पनीहरुको सेयरमा पनि भारी गिरावट

काठमडौं : अमेरिकी सेयर बजारमा बुधबार आएको गिरावटको असर एसिया र युरोपको सेयर बजारमा पनि परेको छ । बुधबार प्रविधि कम्पनीहरुको सेयर बिक्री चाप पर्दा अमेरिकी सेयर बजार सूचक नास्ड्याक १०० मा सन् २०२२ यताकै सबैभन्दा ठूलो गिरावट आएको थियो । जसको असर बिहीबार एसिया र युरोपका चिप कम्पनीहरुको स्टकमा पनि परेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

युरोपको स्टक्स युरोप ६०० टेक्नोलोजी इन्डेक्स २.७७ प्रतिशतले घटेको छ । युरोपको सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा स्थापित डच चिप उपकरण निर्माता एएसएमएल ६.४४ प्रतिशतले घटेको छ । जर्मनीको जर्मनीको इन्फिनियन टेक्नोलोजी पनि ६.५२ प्रतिशतले घटेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । स्विट्जरल्याण्डको सेमीकन्डक्टर समूह एसटी माइक्रोइलेक्ट्रोनिक्स पनि १४.४९ प्रतिशतले घटेर कारोबार भइरहेको छ ।

Read More