चार वर्षदेखि आन्तरिक गृहकार्यमा रहेका ब्रोकर कम्पनीहरुले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेका छन्। शुरुवातदेखि नै नेपाल स्टक एक्सचेन्ज(नेप्से) को टीएमएसबाट सेवा दिइरहेका ती ब्रोकर कम्पनीहरुले अहिले आफ्नै टीएमएसको परीक्षणपछि कारोबार गर्ने अन्तिम तयारी गरिरहेका छन् ।
अहिले ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरेटिजले आन्तरिक रुपमै परीक्षणको अन्तिम तयारि गरिरहेको छ । यो परीक्षण अन्तर्गत अहिले ब्रोकर कम्पनीहरुबीच सीमित रुपमा कारोबार भइरहेको छ ।


