मौद्रिक नीतिको पूर्वसन्ध्यामा सेयर बजारमा उत्साह, नेप्से ३२ अंकले बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिको पूर्वसन्ध्यामा सेयर बजारमा उत्साह, नेप्से ३२ अंकले बढ्यो

काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ । कारोबार सुरु भएको समयमा घटेपनी अन्तिम समयमा परिसूचक बढेर बन्द भएको हो । मौद्रिक नीतिको पूर्वसन्ध्यामा १.२६ प्रतिशत बढ्दा परिसूचक २५६८.११ अंक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९६ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर छ । 

बिहीबार एउटा १० प्रतिशत बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । बिहीबार १३ मध्री ४ समूहको सूचक घटेको छ । विकास बैंक समूह, जलविद्युत समूह, लगानी समूह र अन्य समूहको सूचक समेत घटेको छ । 

Read More