अमेरिकी सेयर बजारमा एआई 'बबल बर्स्ट' हुने सम्भावना, लगानीकर्ताले एकै दिन १० खर्ब डलर सम्पति गुमाए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकी सेयर बजारमा एआई 'बबल बर्स्ट' हुने सम्भावना, लगानीकर्ताले एकै दिन १० खर्ब डलर सम्पति गुमाए

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति उत्साहित अमेरिकी लगानीकर्ताका लागि बुधबार सबैभन्दा खराब दिन सावित भएको छ । बुधबार नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत १०० वटा ठूला गैरवित्तीय कम्पनीहरुको सूचक 'नास्ड्याक १००' मा भारी गिरावट आएपछि लगानीकर्ताले १० खर्ब अमेरिकी डलर सम्पति गुमाएको ब्लुमबर्गले उल्लेख गरेको छ । 

'नास्ड्याक १००' सूचकांक बुधबार ३.६५ प्रतिशतले घटेको थियो । उक्त गिरावट सन् २०२२ अक्टोबर महिनायताकै सबैभन्दा ठूलो गिरावट भएको ब्लुमबर्गले जनाएको छ । विशेषगरी, एआई टेक्नोलोजीमा गरिएको ठूलो लगानीबाट प्रतिफल पाउन अझै कति समय लाग्छ भन्ने प्रश्न बजारमा मडारिएपछि कम्पनीहरुमा बिक्री चाप उच्च देखिएको हो ।

Read More