५० वर्षमा नेपाल मुद्रास्फीति औसत ८.३२ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
५० वर्षमा नेपाल मुद्रास्फीति औसत ८.३२ प्रतिशत

काठमाडौं : विगत ५० वर्षमा नेपालमा मुद्रास्फीतिमा उल्लेख्य उतार चढाव आएको छ। यद्यपि पाँच दशकमा नेपालको मुद्रास्फीति औसत ८.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मुद्रास्फीति प्रतिवेदन २०७९/८० पहिलो पटक सार्वजनिक गरेको हो। 

पहिलो पटक भएकाले यसअघिका ५० वर्षलाई विश्लेषणसहित प्रस्तुत गरिएको र यसले औसत मुद्रास्फीतिले प्रवृत्तिलाई देखएको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार प्रतिवेदनको मुख्य उद्देश्य एक आर्थिक वर्षभरको मुद्रास्फीतिलाई समूहगत रूपमा भएको घटबढलाई गहिराइमा विश्लेषण गर्न खोजिएको हो।

‘तथ्यांक अलि पुरानो भए पनि रेकर्ड राख्न, नीति बनाउन र भित्री पाटो केलाउन यो मुद्रास्फीतिको प्रतिवेदन सार्वजनिक गरिएको हो। अब बर्सेनि निकाल्ने सोचेका छौं,’ उनले अन्नपूर्णसँग भने, ‘अहिले यो ५० वर्षको औसत मुद्रास्फीतिको प्रवृत्तिलाई पनि हेर्न खोजेका हौं। अझ यसभित्र कुन–कुन क्षेत्रले गर्दा समग्र मुद्रास्फीति बढायो वा घटायो भन्ने केलाइएको छ।’ उक्त प्रतिवेदनअनुसार पाँच दशक अवधिमा सबैभन्दा बढी खाद्यान्न र पेयपदार्थको महँगी बढेका कारण समग्रमा मुद्रास्फीतिमा दबाब परेको छ। ‘एकतिहाइभन्दा बढी खाद्यान्न र पे पदार्थ समूहले मुद्रास्फीति बढाउने काम गरेको छ। यससँगै गएको वर्ष अझ आवास र उपयोगिता (हाउजिङ एन्ड युटिलिटी) ले पनि बढी मुद्रास्फीति थपेको देखियो,’ डा. श्रेष्ठले प्रतिवेदन औंल्याउँदै भने। 

Read More