हकप्रद शेयर विक्रीमा ल्याउदैं दुई हाइड्रोपावर कम्पनी ,कुनको अवस्था कस्तो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हकप्रद शेयर विक्रीमा ल्याउदैं दुई हाइड्रोपावर कम्पनी ,कुनको अवस्था कस्तो  ?

काठमाडौं । साउन महिनाभित्र दुई जलविद्युत कम्पनीले हकप्रद शेयर विक्री गर्ने तयारी गरेका छन् । हिमालय उर्जा विकास कम्पनी र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद विक्रीका लागि मिति तय गरिसकेका हुन । हिमालयन उर्जा विकास कम्पनीले साउन २४ गतेदखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो भने आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

पछिल्लो समय धितोपत्र बजार बढीरहेकाले यी कम्पनीको हकप्रद शेयरमा लगानीकर्ताको आकर्षण बढ्ने सम्भावना देखिन्छ । बजार घटेको अवस्थामा भने लगानीकर्ताले हकप्रद शेयर नकिनेको तथ्याङ्क छ । यस अघि रिडी पावर कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा ११ लाख ३५ हजारभन्दा बढी कित्ता हकप्रद विक्री भएको थिएन । रिडी पावरले सो समयमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको थियो ।

Read More