बजार घट्दा पनि शेयर बेच्ने भन्दा किन्ने नै बढी, १ अर्बभन्दा माथि कारोबार गर्ने ७ ब्राेकर र १ करोड मुनि कारोबार गर्ने ५ ब्रोकर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बजार घट्दा पनि शेयर बेच्ने भन्दा किन्ने नै बढी, १ अर्बभन्दा माथि कारोबार गर्ने ७ ब्राेकर र १ करोड मुनि कारोबार गर्ने ५ ब्रोकर

सत्ता समिकरण परिवर्तनसँगै बुधबारको इन्ट्रा डे हाइ समेत जोड्दा करिब २८ प्रतिशतले बजार बढेको छ । बुधबार ‘इन्ट्रा डे’ मा २६ सय छोएर नयाँ आर्थिक वर्ष लागेयता पहिलोपटक बजारमा करेक्सन आएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिनमा आएको करेक्सनपछि यो दोस्रो करेक्सन हो ।

नयाँ आर्थिक वर्ष शुरु भएपछिको सातौ कारोबार दिनमा २७.३२ अंकले करेक्सन भएर २५३६.११ विन्दुमा झरे पनि कारोबार रकमले भने नयाँ उचाई छोएको छ । नेप्से ३२ सयमा हुँदा २० अर्ब भन्दा माथि कारोबार हुने गरेकोमा बजार घट्दै जाँदा १ अर्ब भन्दा पनि न्यून कारोबार हुन थालेको थियो । पछिल्लो ३–४ कारोबार दिनदेखि १४–१५ अर्बको हाराहारीमा कारोबार भइरहेकोमा बुधबार कारोबार रकम भने बढेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बुधबार शेयर बजार घट्दा पनि कारोबार रकम बढेको छ भने नेप्सेमा कारोबार गर्ने ९० वटा ब्रोकरमध्ये ५३ वटा ब्रोकरको ‘सेल’ भन्दा बढी ‘बाई’ नै देखिएको छ । बुधबारको कारोबारको आधारमा उच्च रकमको कारोबार गर्ने १० ब्रोकरमध्ये पनि ६ ब्रोकरको ‘सेल’ भन्दा बढी ‘बाई’ नै देखिएको छ । बुधबारको कारोबारमा ५८ नम्बरको नासा सेक्युरिटिज, ४५ नम्बरको इम्पेरियल सेक्युरिटिज, ३४ नम्बरको भिजन सेक्युरिटिज, ४४ नम्बरको डाइनामिक मनि म्यानेजर सेक्युरिटिज, ४२ नम्बरको सनी सेक्युरिटिज, ५७ नम्बरको आर्य तारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज , ४९ नम्बरको अनलाइन सेक्युरिटिज, ३८ नम्बरको दिपशिखा धितोपत्र कारोबार, १७ नम्बरको एबीसी सेक्युरिटिज र ६ नम्बरको अग्रवाल सेक्युरिटिज टप १० ब्रोकरमा परेका छन् । टप १० ब्रोकरमध्ये ५८, ४५, ४२, ४९, ३८ र ६ नम्बर ब्रोकरले बिक्री भन्दा पनि बढी रकमको शेयर खरिद गरेका छन् । टप ब्रोकरले नै बिक्री भन्दा बढी खरिद गरेकाले बजार अझै बढ्न सक्ने आंकलन लगानीकर्ताहरुले गरेका छन् । धेरै लगानीकर्ताहरुले टप ब्रोकरको फ्लोर सिट अध्ययन गरेर पनि लगानी गर्ने गरेका हुन्छन् ।

Read More