साउन १० गते बिहिबार, श्रावण कृष्णपक्ष चतुर्थी तिथि
मेष
योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ ।
वृष
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन ।
मिथुन
रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । व्यापारमा फाइदा हुनेछ ।
कर्कट
राम्रोसंग सोचविचार गरेर गरेको कामबाट राम्रो प्रतिफल मिल्न सक्छ।
सिंह
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ ।
कन्या
बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।
तुला
व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ।
वृश्चिक
प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन ।
धनु
नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ।
मकर
व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।
कुम्भ
स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ।
मीन
नयाँ काम गर्ने जोश जागर आउनाले नँया कामको सुरुवात हुन सक्छ।



