काठमाडौं : उदीयमान बजार सूचकांकमा सबैभन्दा ठूलो देशको रुपमा भारतले चीनको स्थान नजिक पुगेको छ । भारत विश्वभरका लगानीकर्ताहरुका आकर्षक तर महँगो स्टक बजारको रुपमा देखा परेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । सेयरको बढ्दो मूल्य र भारतीय कम्पनीहरुको स्टक बिक्री तथा आम्दानी वृद्धिले 'एमएससीआई इमर्जिङ मार्केट इन्डेक्स' मा भारतको हिस्सा २० प्रतिशत पुगेको छ ।





