काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भन्सार दर समायोजन गर्न आग्रह गरेको छ ।
भारतले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावबारे अर्थमन्त्री पौडेललाई जानकारी गराउँदै महासंघका प्रतिनिधिले नेपालमा पनि सोहीअनुसार भन्सार दर समायोजन गर्न आग्रह हो । भारतले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपाल भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्याइएको छ ।


