जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको जनाएको छ। यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो।
उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो। 'चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ', उनले भने।


