बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ


  • Himalayan Bank Limited (HBL)
बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ डल्लुका ३२ वर्षीय होमबहादुर विश्वकर्मा र सिनामङ्गल बस्ने ३४ वर्षीय किरण देवी न्यौपाने रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई सोमबार काठमाडौँको डल्लुबाट र न्यौपानेलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ग्रीनहिल सिटी हाउजिङबाट पक्राउ गरेको हो ।

Read More