काठमाडौं । विगत दुई वर्षमा शेयर बजारमा आएको ह्रासको असर धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट)को वृद्धिमा देखिएको छ । विगतमा वार्षिक १५ लाखदेखि २० लाखले बढेको डिम्याट खाता पछिल्ला दुई आर्थिक वर्ष (आव)मा ६ लाखभन्दा कमले बढेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाएको छ ।
गत आव २०८०/८१ मा डिम्याट खाता संख्या ५ लाख ७२ हजारभन्दा धेरै थपिएको सिडिएससीले जानकारी दिएको छ । उक्त वृद्धिसँगै डिम्याट खाता संख्या ६३ लाख २४ हजार नाघेको छ ।



