अचल सम्पत्ति नहुने व्यक्तिहरूको कर्जामा समान पहुँच बिस्तार हुन्छ : अर्थमन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
अचल सम्पत्ति नहुने व्यक्तिहरूको कर्जामा समान पहुँच बिस्तार हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिहरूको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री पौडेलले अचल सम्पत्ति नहुने व्यक्तिहरूको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताए । उनले निष्क्रिय रूपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । उनले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गरे । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए ।

Read More