नेप्सेमा उछाल कायमै: ७५ अङ्कले बढ्दा १४ अर्बमाथिको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा उछाल कायमै: ७५ अङ्कले बढ्दा १४ अर्बमाथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ।

मंगलबार नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो।

आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ। छ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

Read More