काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०/ ८१ मा विभिन्न कम्पनीको रू. ५ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
नेप्सेले मंगलवार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षमा ओटीसी मार्केटमा विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयरको रू. ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ बराबरको शेयर कारोबार भएको हो । ओटीसी मार्केटमा सबैभन्दा बढी वल्र्डलिंक कम्युनिकेसनको शेयर मूल्य प्रतिकित्ता रू.९ हजार ७३५ मा भएको छ । त्यस्तै लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ
। यो कम्पनीको मात्रै १२ लाख ४ हजार ५८३ कित्ता शेयर रू.६५ करोड ४ लाख ७४ हजार ८२० बराबरको कारोबार भएको छ । लर्ड बुद्धको प्रतिकित्ता रू. ५४० मा शेयर कारोबार भएको छ ।





