८ साउन, काठमाडौं । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ ।
वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।
बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।
यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । बजेटले मोबाइल फोनको चार्जर, बिजुलीको तार र एक्सरे मेसिनको समेत मूल्य कम हुने गरी नीति ल्याएको वित्तमन्त्री सीतारमणले जनाएकी छिन् ।



