पूर्वीनाकाबाट १५ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात,सवैभन्दा बढी जैविक चिया


  • Himalayan Bank Limited (HBL)
पूर्वीनाकाबाट १५ अर्बभन्दा बढीको कृषिजन्य वस्तु निर्यात,सवैभन्दा बढी जैविक चिया

पूर्वीनाका काकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 

Read More