अस्ट्रेलियामा सामाजिक सञ्जालमा ग्रुप बनाएर सेयर 'पम्प एन्ड डम्प' गर्ने ४ जना पक्राउ, नियामकले १५ वर्ष कैद र करिब ७ लाख डलर जरिवान गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अस्ट्रेलियामा सामाजिक सञ्जालमा ग्रुप बनाएर सेयर 'पम्प एन्ड डम्प' गर्ने ४ जना पक्राउ, नियामकले १५ वर्ष कैद र करिब ७ लाख डलर जरिवान गर्ने

काठमाडौं : अस्ट्रेलियाको सेयर बजार नियामकले सेयर पम्प एन्ड डम्प गर्ने ४ जनालाई पक्राउ गरेको छ । रोयटर्सका अनुसार उनीहरुले अस्ट्रेलियन सेयरहरुको मूल्य कृत्रिमरुपमा बढाएर उच्च बनाएपछि बिक्री गर्ने गरेको पाइएको त्यहाँको सेयर बजार नियामले जनाएको छ । अष्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेष्टमेन्ट कमिसनले आरोपितहरुलाई बजारमा धाँधली र झूटा व्यापार गर्ने षड्यन्त्र गरेको र अस्ट्रेलियन सेयर डम्प गर्नुअघि कृत्रिमरुपमा मूल्य पम्प गर्ने गरेको अभियोग दर्ता गरेको छ ।

 

अभियोग प्रमाणित भएमा बजारमा चलखेलको लागि उनीहरुलाई १० लाख अस्ट्रेलियन डलर वा ६ लाख ६४ हजार अमेरिकी डलर जरिवानाको हुने रायटर्सले उल्लेख गरेको छ । यसका साथै, उनीहरुलाई २५ वर्षको कैद सजाय पनि हुने बताइएको छ । अभियुक्तहरुले सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममा एएसएक्स पम्प र डम्प ग्रुप नामक एक निजी समूह बनाएर अस्ट्रेलियाका पेनी स्टकहरुको भाउमा उछाल ल्याउने बारे छलफल नै चलाउने गरेका थिए ।

Read More