पालिकैपिच्छे आर्थिक अराजकता, फजुल खर्चमै सकिन्छ करोडौं बजेट


  • Himalayan Bank Limited (HBL)
पालिकैपिच्छे आर्थिक अराजकता, फजुल खर्चमै सकिन्छ करोडौं बजेट

वीरेन्द्रनगर : कालीकोटको पलाँता गाउँपालिकामा गत आर्थिक वर्षमा इन्धन, गाडी मर्मतका नाममा ३९ लाख २८ हजार २ सय ९७ रुपैयाँँ सकियो। गाउँपालिकाका गाडी चालक जंगबहादुर शाहीकै नाममा इन्धन, गाडी मर्मतका नाममा ३५ लाख ६८ हजार ६ सय ७ रुपैयाँ भुक्तानी भयो। अन्य विभिन्न पसलमा ३ लाख ५९ हजार ६ सय ९० रुपैयाँ भुक्तानी भयो। 

कहाँ, कसले, के प्रयोजनका लागि इन्धन खर्च भयो ? गाडी नै नपुगेको गाउँपालिकामा गाडी मर्मत पनि पटक–पटक कति गरियो ? यस्ता गम्भीर प्रश्नले पलाँताको सुशासनको कमजोर अवस्थाको चित्र प्रस्तुत गर्छ। यतिसम्मकी उक्त रकम बिना प्रमाण भुक्तानी दिएर अनियमितता भएको भन्दै मलेपले बेरुजु देखाएको छ। 

यस्तै गाउँपालिकाले सभा सञ्चालनका नाममा ११ लाख १३ हजार, विविध खर्चका नाममा ५९ लाख ७३ हजार ६ सय ५३ कानुनविपरीत खची गरी अनियमितता गरेको छ।  यस्तै कम्मल खदिर १९ लाख २१ हजार ६ सय ५३ र त्रिपालको खरिद १९ लाख ४७ हजार ६ सय ३८ रुपैयाँ जम्मा ३८ लाख ९५ हजार ४ सय ९२ रुपैयाँ कानुनविपरीत खर्च गरी दुरुपयोग भएको मलेपले जनाएको छ। 

Read More