अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुने विदेशी ढुवानीकर्ता (विदेशी सिपिङ लाइन)लाई नेपालमा पनि दर्ता गराउन नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले माग गरेको छ।
काठमाडौंमा हुन लागेको ३० औं 'कार्गो-डे' बारे जानकारी दिन आयोजित कार्यक्रममा एसोसिएसनले यस्तो माग गरेको हो।
'अहिले विदेशी ढुवानीकर्तालाई मुलुकबाहिर नै भुक्तानी गर्नुपरेको छ। त्यस्ता कम्पनीलाई यहाँ पनि दर्ता हुनुपर्ने व्यवस्था गरिए यहीँ नेपाली मुद्रामा भक्तानी गर्न सकिन्छ,' एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले भने, 'यसले कम विदेशी मद्रा खर्च हुनेछ।'



